केन्याको नैरोबीमा रहेको एक पाँचतारे होटलमा सशस्त्र समूहले आक्रमण गर्दा २१ जनाको ज्यान गएको छ।
केन्याको राजधानी नैरोबीको वेष्टल्याण्ड क्षेत्रमा रहेको पाँच तारे होटलपरिसरमा अन्धाधुन्ध गोली प्रहार गरी विस्फोट गराइएको थियो। डुसिटडी टु होटल तथा अरु कार्यालयहरू रहेको भवनमा आक्रमण भएको हो। घटनामा २८ जना घाइते भएको र १९ जना अझै बेपत्ता भएको जनाइएको छ।
सोमालियामा सक्रिय रहेको लडाकु समूह अल–शबाबले आक्रमण गरेको बताइएको छ। आक्रमणकारीहरूको सङ्ख्या भने स्पष्ट छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।