|

पर्वत : पर्वतमा कुश्मा नगरपालिका मालढुंगामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। 

बिहीबार बिहान म्यादीको बेनीबाट छुटेको ग १ ख ६१०८ बस दुर्घटना भएको पर्वत ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीले जानकारी दिए। मृत्यु हुनेहरूको सनाखत हुन सकेको छैन।

प्रहरी  टोली र एम्बुलेन्स भर्खरै घटनास्थल पुगेकाले अरु क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.