|

काठमाडौं :  उद्योगी तथा आइएइ ग्रुपको अध्यक्ष चन्द्र ढकालले विदेशी बैंकमा अवैधानिक ढंगबाट आफ्नो रकम रहेको भन्दै  खोज पत्रकारिता केन्द्र (खोपके) रिपोर्टका आधारमा अफवाह फैलाउन खोजेको आरोप लगाएका छन्।  खोपकेको सामग्रीबाट आफ्नो विषयमा भ्रामक टिप्पणी गरिएको उनले गुनासो गरेका हुन्। 

बुधबार सार्वजनिक भएको  नेपालिक्स-२०१९ को रिपोर्ट र तयार पारिएका पाँच समाचारमार्फत समय सन्दर्भ पारेर आफूमाथि भ्रम छर्न खोजिएको बताएका हुन्। ५५ नेपालीको स्विस बैंकमा ५२ अर्ब रुपैयाँ भन्ने समाचारमा उनको समेत नाम जोडिएको छ। उनले कानुनले दिएको अधिकार प्रयोग गरेर विदेशमा कम्पनी खडा गरिएको र स्विस बैंकमा आफ्नो खाता नै रहेको बताएका हुन्। 

'२००२ सालमा राष्ट्र बैंकको समेत स्वीकृति लिएर मलेसियाबाट रेमिट्यान्स भित्र्याउने यात्रा सुरु भएको हो' बिहीबार पत्रकार सम्मेलन गरी ढकालले भने, 'आइएमइले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगष्ट २००२ मा सनवर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेडलाई इन्टरनेशन मनि एक्स्प्रेस (आइएमई) लिमिछेडमा परिवर्तन गरेका हौँँ'। 

उनले बेलायतमा एक कम्पनी खोल्नको लागि दिएको एक पाउण्डको स्विकृतिमा कम्पनी खोलेर र त्यसमार्फत औपचारिक माध्ययमबाट रेमिट्यान्स आउन सुरु गरेको बताए। उनले नेपालबाट पैसा नलिई कम्पनी खडा गरिएको समेत दाबी गरेका छन्। उद्योगी ढकालले आफूले रेमिट्यान्स कम्पनी खवलेको कारण धरापमा पर्दै गएको अर्थतन्त्र मजबुत बनेको र सरकार र विपक्ष दलबीच हुने झगडासमेत मिलेको बताएका छन्। 

उनले औपचारिक च्यानलबाट रेमिट्यान्स भित्र्याउने क्रममा धेरै धमकी खपेर काम गरेको तर अहिले भ्रम छर्ने गरी आफ्नो नाम जोडिएको समेत आरोप लगाएका छन्। आइसिआइजेको प्रतिवेदनमा आफ्नो नाम कर छली गरेको वा गैरकानुनी काम गरेको सिआइजेको प्रतिवेदनमार्फत भ्रम छर्न खोजिएको उनको दाबी रहेको छ। '२००१ सालमा औपचारिक च्यानलबाट रेमिट्यान्स भित्र्याउन खोज्दा गम्भीर सुरक्षा चुनौती आएको थियो, पैसा नै हेरेको भए अनौपचारिक क्षेत्रबाट भित्र्याउँदा फाइदा हुन्थ्यो' ढकाललले भने। 

उनले बेलायतमा कम्पनी सुरुवात गरेपछि कम्पनीको संचालक बनेको र २०१० बाट राजीनामा दिई त्यो जिम्मेवारी भाइ हेमराज ढकालले दिएको बताए। भाइ ढकालले गैरआवासीय नेपाली भएको कारण त्यो छुट कानुनले दिएको उनको दाबी रहेको छ। 

ढकालले भनेका छन्, 'गलत सन्दर्भ पारेर खोज पत्रकारिताका नाममा हामीमाथि गलत भ्रम सिर्जना गर्ने गलत नियत राखिएको स्पष्ट पार्न चाहन्छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.