|

जनकपुरधाम : कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई २० वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीले २०५५ श्रावण २४ गते कर्तव्य गरी घटना स्थलबाट फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका २ बस्ने ८८ वर्षीय मिश्रीलाल साह रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। कर्तव्य गरी वारदात पश्चात् फरार रहेको प्रतिवादी वारेन्ट जारी भई जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतको कार्यालय खोज तलास गर्ने क्रममा हिजो अपरान्ह घरबाट पक्राउ परेका थिए।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत पर्सामा पेश गरी अदालतको आदेशानुसार तोकिएको कैद जरिबानाका लागि पर्सास्थित वीरगञ्ज कारगार पठाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रदेश प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.