|

धनगढी : नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा सीएमजी क्लब संकटालाई ५-४ ले पराजित गर्दै पुलिस फाइनल पुगेको हो।

बिहीबार धनगढी रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलको १३ औं मिनेटमा पुलिसका अभिषेक रिजालको क्रसमा तीर्थ रानाको हेडरले पोस्टको दिशा लिन सकेन। २७ औं मिनेटमा संकटाले अग्रता लिने सुवर्ण अवसर गुमायो। सुभाष गुरुङको पासमा एलोन म्याक्सवेलले वन भर्सेस वनमा गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन चौधरीले सहजै बचाए। दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न सकेनन्।

संकटा ८० औं मिनेटमा अग्रता लिनबाट चुक्यो। टाइब्रेकरमा संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले गोल गरे। पाँचौ प्रहारमा सुभाष गुरुङको प्रहार गोलरक्षक रोशन खड्काले बचाए। पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तीर्थ राना र विक्रम धिमाल पेनाल्टीमा सफल भए। पेनाल्टी बचाएका पुलिसका गोलरक्षक रोशन खड्का म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे। पुलिसले अब प्रतियोगिताको उपाधि भिडन्तमा शनिबार रुस्लान थ्री स्टारको सामना गर्नेछ।

मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.