|

सिन्धुली : विभिन्न आश्रममा बस्दा आफ्ना अनुयायी र आनीहरू बेपत्ता पारिएको, आनीहरूमाथि यौन दुर्व्यवहार गरेको लगायतका विभिन्न आरोपका कारण विवादमा मुछिएका ‘लिटल बुद्ध’का नामले चिनिएका रामबहादुर बम्जनका हजारौँ अनुआयीहरूले बिहीबार सिन्धुलीमाढीमा विशाल र्‍याली  प्रदर्शन गरेका छन्। मैत्री धर्म शान्ति पद यात्रा र विश्व शान्ति मैत्री पूजा-प्राथनामा सहभागि हुन सिन्धुली आएका बम्जनका अनुयायीहरूले सिन्धुलीमाढीमा विशाल र्‍याली प्रदर्शन गरेका हुन्।

विवाद र शंकाको घेरामा रहेका बम्जनको बोधी श्रवण धर्म संघले मैत्री धर्म शान्ति पद यात्रा र विश्व शान्ति मैत्री पूजा-प्राथनाको आयोजना गरेको हो। जसमा सहभागी हुन बुधबार नै देशभरका बम्जनका अनुयायीहरू सिन्धुली आश्रममा आइपुगेका बोधीश्रवण धर्म संघका केन्द्रीय सदस्य छत्र घिसिङले बताए। 

मैत्री धर्म शान्ति पद यात्रा र विश्व शान्ति मैत्री पूजा-प्राथनामा सहभागी हुन विभिन्न देशका नागरिकसहित झण्डै चार हजार बढी अनुयायीहरू बुधवार नै आश्रममा आइपुगेका हुन्।

बम्जनका झण्डै चार हजार बढी अनुयायीहरू सहितको विशाल र्‍याली बिहीबार बिहान बम्जनको आश्रमबाट निस्किएर मधुटार, बसपार्क, दुई नं. बजार, माझीटार लगायतका ठाउँ परिक्रममा गर्दै पुनः आश्रममा पुगेर टुंगिएको थियो। 

गत डेढ वर्षयता कमलामाई नगरपालिका ८ स्थित पैरे सिन्धुलीमा रहेको आश्रममा बस्दै आएका भनिएका बम्जनका हजारौँ अनुयायीहरू उनको आश्रममा शुक्रबारबाट सुरु हुने विश्व शान्ति मैत्री पूजा-प्राथनामा सहभागि हुन आएको संघका केन्द्रीय सदस्य घिसिङले स्पष्ट पारे।

तर, शुक्रबार, शनिबार र आइतबार हुने भनिएको पूजामा सहभागिहरूको पूजामा यसअघि धर्मगुरु बम्जन सहभागि हुने बताइए पनि बम्जन सार्वजनिक हुने या नहुने अझै टुङ्गो लागि नसकेको संघले जनाएको छ।

बोधी श्रवण धर्म संघले विवादमा परेका बम्जन सिन्धुली आश्रममै रहेको दावी गरे पनि उनीमाथि विभिन्न जिल्लाका प्रहरी कार्यालयमा किटानी जाहेरी परेपछि भने सार्वजनिक भएका छैनन्।

उता बम्जनाका आश्रममा पुगेका पाँच जना अनुयायीहरू बेपत्ता पारिएको लगायतका संगिन आरोपमा बम्जन दोषी नरहेको पटकपटक दावी गरिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.