|
फाइल फाेटाे

काठमाडौं : नेपाल सरकारले प्रतिस्पर्धाको माध्यमबाट कामदार लैजान जापानलाई प्रस्ताव गरेको छ। नेपाल सरकारका प्रतिनिधिले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट श्रमिक लैजादा मात्रै पठाउन सकिने भन्दै यस्तो प्रस्ताव पेश गरेको मन्त्रालयले जनाएको छ।

नेपाली र जापानी प्रतिनिधि मण्डलबीच बैदेशिक रोजगारीको लागि नेपालबाट श्रमिकहरू जापान लैजाने सम्बन्धमा औपचारिक छलफल  सुरु गर्दै नेपाल सरकारको तर्फबाट प्रतिस्पर्धाबाट लैजानु पर्ने प्रस्ताव गरिएको हो।

‘व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा नेपाली श्रमिक जापानमा पठाउने सन्दर्भमा पारस्परिक हित प्रवर्द्धन हुनेगरी समझदारी कायम गर्न श्रमिक आप्रवासनका विविध आयाममा छलफल भयो’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

छलफलको क्रममा जापानको अध्यागमनसम्बन्धी संशोधित कानुनी व्यवस्थाअनुसार विदेशी श्रमिकको व्यवस्थापन गर्ने सम्बन्धमा जापान सरकारबाट जारी भएका नयाँ कानुनी प्रावधान जापानी पक्षवाट जानकारी गराइएको र नेपालले आफ्ना कानुनी व्यवस्था राखेको मन्त्तालयले जानकारी दिएको छ। रोजागरीका सम्बन्धमा थप अध्ययन गरी फेरि छलफल गर्नेगरी वार्ता टुंगिएको मन्त्रालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.