|

काठमाडौं : मोबाइल एप्लिकेसनमार्फत उपत्यकामा भाडामा सञ्चालित मोटरसाइकल मोटरसाइकल र स्कुटरलाई निर्वाध  चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशन यातायात व्यवस्था विभागले अटेर गरेको छ।

प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारस्थित योजना आयोगको बैठकमा  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भाडामा चल्ने मोटरसाइकल र स्कुटरलाई नरोक्न निर्देशन दिएका थिए।

नयाँ पत्रिका दैनिकमा समाचार छ, विभागले प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्रालयबाट लिखित कुनै निर्देशन प्राप्त नहुँदा भाडामा सञ्चालित दुईपाङ्ग्रे सवारीसाधनलाई निर्वाध चल्न दिन भनी कुनै निर्णय गरेको छैन।

यातायात व्यवस्था विभागले माथिल्लो निकायबाट कुनै लिखित निर्देशन पौप्त नहुँदा 'टुटल' र 'पठाओ' एप्स प्रयोग गरी भाडामा सञ्चालित मोटरसाइकल र स्कुटर निर्वाध चल्न दिने कुनै निर्णय नभएको जनाएको छ। विभागका अनुसार यजुरी परेमा प्रहरीले कुनै पनि वेला यस्ता मोटरसाइकल फेरि समात्न सक्ने स्पष्ट पारेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.