|
फाइल तस्बिर

काठमाडौं : नर्सिङ पढ्ने पुरुषको संख्या निकै न्यून रहेको छ। 

पर्याप्त प्रचार र भर्नाको समयमा सूचना सार्वजनिक नहुँदा नर्सिङ पढ्ने पुरुषको संख्या न्यून देखिएको छ।  नेपाल नर्सिङ एशोसियसनको तथ्यांकअनुसार ६०जना पुरुषले नर्सिङ अध्ययन गरिहेका छन्। 

कलेजमा अधिकाशं पुरुष नर्सको कोटा खाली रहेको खबर राजधानी दैनिकमा छ।  कुनै कलेजमा पुरुष नर्सको संख्या एक जना छ भने कुनै कलेजमा सातजनासम्म रहेको नर्सिङ परिषदले जनाएको छ। 

३० वर्षपछि पहिलोपटक पुरुषका लागि नर्सिङ पढाइ सुरु भएको छ। तर, यस वर्ष सोचअनुरुप पुरुषहरु अध्धयनका लागि भर्ना भएका छैनन्।  २०४३ सालदेखि २०४६ सालसम्म १२० पुरुषले नर्सिङ अध्ययन गरेका थिए। चार व्याचसम्म मात्र अध्धयन भएको सो समयमा ८०जना पुरुष नर्स जनशक्ति उत्पादन भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.