|
फाइल फाेटाे

काठमाडौं :  सरकारले अधिकृत र नायब सुब्बास्तरको गरी ७५३ जनाको कोटामा आवेदन खुलाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि आवेदन खुलाइएको हो।

शुक्रबारदेखि १५ दिनसम्म प्रधानमन्त्री कार्यलयको वेवसाइटबाट आवेदन दिन सक्ने व्यवस्था मन्त्रालयले गरेको छ। २१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको व्यक्तिका लागि खुलाइएको आवेदनमा कम्प्युटर, मल्टिमिडिया, स्क्यानर र प्रिन्टरको ज्ञान भएको व्यक्ति खोजिएको छ। सबैभन्दा बढी एक नम्बर प्रदेशमा १३७ जना रहेका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्।

सरकारले संविधानमा व्यवस्था भएअनुसार युवालाई रोजगार नभए निर्वाहाभत्ताको व्यवस्था कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न लागेको हो। जसअनुसार १० हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा नायब सुब्बा र १० हजार भन्दा बढी जनसंख्या भएको स्थानीय तहमा अधिकृत तहको रोजगार सूचना केन्द्र स्थापना गर्न लागेको हो।

कुन प्रदेशमा कति?

  • प्रदेश १ मा १३० जना अधिकृत र सात जना सुब्बा

  • प्रदेश २ मा १३६ अधिकृत

  • प्रदेश ३ मा ११२ जना अधिकृत ७ जना नायब सुब्बा

  • गण्डकी प्रदेशमा ७४ जना अधिकृत र ११ जना नायब सुब्बा

  • प्रदेश ५ मा १०९ जना अधिकृत

  • कर्णाली प्रदेशमा ६२ जना अधिकृत र १७ जना नायब सुब्बा

  • सुदूरपश्‍चिम प्रदेशमा ८२ जना अधिकृत र ६ जना नायब सुब्बा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.