|

उत्तर कोरियाली नेता किम जोङ उनका विश्वास पात्र अमेरिकी  पुगेका छन्। किमका विश्वास पात्र  किम योङ चोल अमेरिकी अधिकारीसँगको भेटका लागि अमेरिका पुगेका हुन्। 

यो वर्ष नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो वार्ताको तयारी भइरहेको छ। त्यही तयारीका लागि चोल अमेरिका पुगेको बीबीसीले उल्लेख गरेको छ। 

उत्तर कोरिया र अमेरिकाबीच पहिलो ऐतिहासिक वार्ता सिंगापुरमा भएको थियो।  त्यसपछि उत्तर कोरियाले परमाणु निशस्त्रीकरणको काम गरिरहेको छ। चोल चीनको बेइजिङ हुँदै अमेरिका पुगेको दक्षिण कोरियाका अधिकारीले बताएका छन्।

चोलले आफ्नो साथमा किमले ट्रम्पका लागि लेखेको चिट्ठी लिएर गएको बताइएको छ। चोलले अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओसँग शुक्रबार भेट गर्ने तयारी रहेको छ। यसअघि उत्तर कोरियाली नेता किमले केही हप्ताअघि मात्रै चीनका राष्ट्रपति सी जिन पिङसँग भेटवार्ता गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.