बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप सवारी दुर्घटनामा घाइते भएका छन्।
९७ वर्षीय फिलिप सवारी दुर्घटनामा घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन्। यद्यपि उनी खतरामुक्त रहेका छन्। उनको शरीरमा भित्री चोट नरहेको चिकित्सकले जनाएका छन्। उनी सवार मोटर भने क्षतिग्रत भएको छ।
दुर्घटनामा अन्य सवारी साधनमा पनि क्षति भएको छ। अन्य सवारी साधनका चालक र यात्रुसमेत घाइते भएको अधिकारीहरूले जनाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।