|

काठमाडाैं : थाइल्याण्डमा जारी टि–२० महिला स्म्यासको क्रिकेटमा नेपालले इन्डोनेसियालाई १ सय २० रनको विजयी लक्ष्य पेश गरेको छ। 

इन्डोनेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो।  पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै ११९ रन बनायो । 

नेपालका लागि सर्वाधिक रन सीता रानामगरले ४८ रनको योगदान गरिन्। त्यस्तै इन्दु बर्माले नटआउट ३७ रन बनाउँदा काजल श्रेष्ठले १४ रन बनाइन्। इन्डोनेसियाकी क्रिस मार्टिन र नि रानीले समान एक एक विकेट लिए। इन्डोनेसियाले अहिले जवाफी व्याटिङ गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.