|

काठमाडौं : मुक्तककार एवं कथाकारका रूपमा परिचित शारदा पौडेल निशाको मुक्तकसंग्रह 'निशाको निशानी' सार्वजनिक गरिएको छ। पुराना गीतकार तथा मुक्तकार रत्नशम्शेर थापाले काठमाडौंमा उक्त कृति सार्वजनिक गरे। 

रत्नशम्शेर थापाले नेपाली मुक्तकको भविष्य अत्यन्त राम्रो रहेको बताए। कृतिको समीक्षा गर्दै साहित्यकार डा. रूपक श्रेष्ठले निशाले युरोपेली मुलुक स्पेनमा नेपाली मुक्तकलाई चिनाएको धारणा राखे। अर्का समीक्षक गजलकार ज्ञानुवाकर पौडेलले निशाको मुक्तक शिल्प सशक्त रहेको बताए।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष राकाजी कोनेले निशालाई प्रतिष्ठानको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरे। विमोचन समारोहमा प्रतिष्ठानका महासचिव रमेश पौडेलले नेपाली मुक्तक प्रविधिमैत्री विधा भएकाले विश्वव्यापी रूप लिएको बताउँदै निशानी स्वरूप आवरण प्रतिको उडमाउण्ट दिए।

कृतिकार निशाले एक दर्जन मुक्तक सुनाउँदै मुक्तक प्रतिष्ठानबाट आफ्नो कृति प्रकाशन हुनु गौरवको विषय भएको बताइन्। रोजगारीको सिलसिलामा स्पेन पुगेकी निशाले यसअघि 'छोरीका आँखा' लघुकथासंग्रह ल्याइसकेकी छन् भने यस पटकको मुक्तक कृतिमा विभिन्न भावका २५० थान मुक्तक समेटेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.