|
File Photo

काठमाडौं : त्रिवि शिक्षण अस्पतालले एउटै अस्पतालमा दुई जना अनशनकारीलाई राख्न नसकिने बताएको छ। डा. गोविन्द केसीका मागका विरुद्ध अनशन बसेका विजय थापालाई पनि शिक्षण अस्पतालमा भर्ना गर्न नकिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा प्रेम खड्गीले बताए।

उनले शिक्षण अस्पतालमा आइसियु नभएकाले अन्यत्र राख्नका लागि आग्रह गरेका हुन्। अस्पतालमा ११ वटा बेड भएता पनि सबै फुल भएकाले अनशनरत थापालाई टिचिङमा राख्न नसकिने बताए। उनले थाहाखबरसँग भने, '११ बेड छन् तर सबै फुल छन्।'

त्यस्तै विपरीत माग राखेर अनशन बसेका दुवैलाई एक ठाउँमा राख्दा आउने दबाबलाई झेल्न गाह्रो हुने भन्दै उनले अन्यत्र राख्दा राम्रो हुने बताएका हुन्। तर अनशनरत थापालाई टिचिङमै आपत्कालीन कक्षमा राखिएको उनले बताए।

दुईविपरीत माग राखे एउटै अस्पतालमा आइपर्ने शुरक्षा सम्वेदनशिल्तालाई मध्यनगर गर्दै शुरक्षा व्यवस्था कडा बनाइएको छ। अहिले शिक्षण अस्पतालमा व्यापकरूपमा प्रहरी परिचालन गरिएको प्रहरी स्रोतले बतायो।

पूर्वसहमतिअनुसार विधेयक पारित नभएको भन्दै डा. केसीले पुस २५ गतेदेखि अनशन सुरु गरेका थिए। उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई शुक्रबार बिहान सेनाको नाइटभिजनबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिँदै छ। उनको उपचारका लागि पाँच जनाको टोलीसमेत गठन गरिइएको छ।

त्यस्तै अनशनरत डा केसीका भन्दाविपरीत माग राखेर अनशन बसेको थापाको पनि स्वास्थ्य अवस्था बिग्रिएपछि शुक्रबार दिउँसो सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। उनको अहिले शिक्षण अस्पतालको आपत्कालीन कक्षमा भर्ना गरिएको शिक्षण अस्पतालले जनाएको छ। डा केसी अनशन बसेको दोस्रो दिनपछि थापाले अनशन सुरु गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.