राजनीति

प्रदेश २ : राजधानी र नाम सुझाव संकलन कार्यक्रममा बबण्डर
SHARES

माघ ४, २०७५

    जनकपुरधाम : प्रदेशको राजधानी तथा नाम सम्बन्धमा सुझाव संकलन आयोजित कार्यक्रममा बबाल भएको छ। प्रदेश सरकारद्वारा गठित प्रदेशको राजधानी तथा नाम सम्बन्धमा सुझाव संकलन आयोगका कार्यक्रम होटेलको एउटा बन्द कोठामा गरेको भन्दै जनकपुरधामका केही युवाले बबण्डर गरेका हुन्।

    प्रदेशको राजधानी तथा नाम सम्बन्धमा सुझाव संकलन आयोगका संयोजक डा. हरिवंश झाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको १० मिनेट नबित्दै युवाको एक समूहले हो–हल्ला गरेका थिए। मधेश आन्दोलनको स्वतन्त्र समूहबाट नेतृत्व गरेका युवा सुशील कर्ण तथा सरोज मिश्र समूहका युवाले कार्यक्रमस्थलमा आएर खुल्ला स्थानमा कार्यक्रम गर्नुपर्ने धारणा राखे।

    उनीहरूले प्रदेशको राजधानी, नाम तथा भाषा प्रदेशसभाबाट दुई तिहाईको बहुमतमा पारित हुने विषय भए पनि जिल्लाजिल्ला गएर जनतामाझ सुझाव संकलन गर्नुभन्दा बन्द कोठामा युवाको प्रतिनिधित्वविना कार्यक्रम गरेको आरोप लगाएका थिए। उनीहरूले संविधान विधेयक मस्यौदा जिल्ला जिल्लामा गएर संकलन गरे जस्तै केही सिमित व्यक्तिहरू बोलाएर सुझाव संकलन गर्न नहुने तथा गरे आफूहरूले बहिष्कार गर्ने बताएका थिए।

    कार्यक्रममा झण्डै १० मिनेट दुई पक्षीय हो–होल्ला तथा वादविवाद भए पनि हाल कार्यक्रममा प्रदेशको राजधानी तथा नामकरण सम्बन्धमा सुझाव संकलन गरिरहेको छ, भने युवाको एक समूहले कार्यक्रमलाई बहिष्कार गरी बाहिरिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]