|
File Photo

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गतको व्यास–३ र ५ जोड्ने मादी नदीको पुलबाट हाम्फालेर एक जनाले आत्महत्या गरेका छन्। तनहुँको व्यास नगरपालिका–११ बेलटारीका ४३ वर्षीय कृष्ण बहादुर घर्तीको पुलबाट हाम्फालेर आत्महत्या गरेका हुन्।

पुलबाट हाम्फालेर गम्भीर घाइते भएका घर्तीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए। पुलबाट हाम्फालेको खबर पाउनासाथ प्रहरी टोली उद्दार गरेको र दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अर्याले जानकारी दिए। घर्ती दमौलीमा ज्याला मजदुरी गरेर जीविकोर्पाजन गर्दै आएको र उनको श्रीमतीले छोडिसकेको अनुसन्धानबाट खुलेको उनले बताए।

दमौली अस्पतालमा घर्तीको शवको पोष्टमार्टम भइरहेको र पोष्टमार्टमपश्चात् उनको परिवारले शव दाहसंस्कारका लागि लैजाने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.