|

सुर्खेत : सुर्खेत प्रहरीले बहुमूल्य पत्थरसहित ५ जनालाई पक्राउ गरेको छ। गएराति १ बजे विशेष सूचनाको आधारमा बांगेसिमल जिरो पोइन्ट नजिकै ५ जनालाई पक्राउ गरिएको जिलला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी प्रदीप क्षेत्रीले  जानकारी दिए।

कालिकोटबाट सुर्खेत आउँदै गरेको बा १ च ३५७२ नम्बरको स्कार्पियो गाडीमा लुकाइछिपाई ल्याउँदै गरेको ११ दशमलब ५ सय किलोग्राम बहुमूल्य पत्थर बरामत गरिएको डिएसपी क्षेत्रीले जानकारी दिए।

प्रहरी सहायक निरीक्षक विजय पुनको नेतृत्वमा खटिएको ६ जनाको टोलीले वीरेन्द्रनगर नगरपालिका ४ का ४० वर्षीय भीमबहादुर सुनार, विनपा ५ का ३० वर्षीय नवीन कंडेल, विनपा ८ का २६ वर्षीय भक्त पाण्डे र सोही ठाउँका ३२ वर्षीय तेजेन्द्र बस्नेतलाई पक्राउ गरेको हो। उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.