|
File Photo

काठमाडौं : विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

शैक्षिक क्षेत्रको सुधारमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएको हो। शिक्षाको पहुँच विस्तारमा भने नेपालको अवस्थामा उल्लेख्य सुधार आएको विश्व बैंकको निष्कर्ष छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विश्व बैंकका प्राक्टिस म्यानेजर क्रिष्टियन एईडोले लैंगिक दृष्टिकोणले हेर्ने हो भने पनि नेपालको शैक्षिक अवस्था समदुरीमा रहेको उल्लेख गरे। उनले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्न दूर्गम भेगका विद्यालय तहको शिक्षालाई पनि प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले मुलुकको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षण सिकाई क्रियाकलापमै परिवर्तन गर्नुपर्नेमा जोड दिए। संविधान र कानुनले गुणस्तरीय शिक्षामा जोड दिएपनि त्यसलाई अघि बढाउन शिक्षण सिकाई क्रियाकलाप सोही अनुसार हुनुपर्ने उनको भनाई छ।

विश्व बैंकले नेपालको विद्यालय तह र उच्च शिक्षाको गुणस्तर सुधारमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.