सामाजिक संजालबाट लिइएका २१ योजनामा छलफल गरिने

|

काठमाडौं : नेपाल-भारतका युवा उद्यमीको सहभागितामा भोलि शनिबार काठमाडौंको होटल याक एण्ड यतिमा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ हुने भएको छ।

भारतीय राजदूतावास र क्लक बि विजनेश इन्नोभेसनको आयोजनामा हुने सम्मेलनमा नेपाल र भारतका एक हजारभन्दा बढी युवा उद्यमी तथा विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ। 

सम्मेलनमा आदित्य घोष, हेमराज ढकाल, रञ्जीत आचार्य,  नरोत्तम अर्याल, सुशील पोखरेल, कपिलध्वज प्रताप सिंह, कुवेर चालिसेलगायत प्रमुख वक्ताका रुपमा छन्। भारतीय राजदूतावासका द्वितीय वाणिज्य सचिव कपिलध्वज प्रतापसिंहले सम्मेलनमा युवा उद्यमी, लगानीकर्ताबीच अनुभव आदानप्रदान हुने र उद्यमशीलताका विषयमा छलफल हुने बताइएको छ। सम्मेलनमा नेपाल र भारतका उद्यमी, लगानीकर्ता, व्यापारी, वकिल, लेखापरीक्षक, सरकारी प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि र उद्यमशीलता सम्बन्धी जानकारकाे सहभागिता रहनेछ। 

सामाजिक सञ्चालमार्फत विभिन्न विषयमा योजनासहितको आवेदन संकलन गरिएका र त्यसमध्ये उत्कृष्ट २१ योजनालाई छनोट गरिएको छ। त्यसलाई लगानीकर्ता र उद्यमीको अगाडि सम्मेलनका अवसरमा प्रस्तुत गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.