पहिलो बैठकमै जुहारी

|

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेसन शुक्रबारबाट सुरु भएको छ। सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुख मोहनराज मल्लको पत्र पढेर तेस्रो अधिवेसनको पहिलो बैठक सुरु गरेका हुन्। पहिलो दिन प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन दलका तर्फबाट ६ जना प्रदेश सभा सदस्यहरूले वेशेष समयमा धारणा राखेका हुन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक तारालामा तामाङले सत्तापक्ष र प्रतिपक्षी मिलेर संघीय व्यवस्थालाई दीगो बनाउनु पर्ने बताएका छन्। उनले भने, ‘सरकार कमी कम्जोरीलाई सुधार गर्दै अघि बढ्न तयार छ। तर त्यसका लागि सरकारलाई सुझाव दिनुपर्छ।’ सुझाव बिनाको आलोचनाले कसैलाई फाइदा नपुग्ने तामाङले बताए।

सत्तारुढ दलकै सांसद बिरमान चौधरी र मानबहादुर धामीले पनि प्रदेश सरकार तीब्र गतिमा अघि बढिरहेको बताएका थिए। उनीहरूले थुप्रै चुनौतिका बीचमा पनि सरकार नागरिकको समस्या समाधान गर्न दृढ रहेको दाबी गरे।

सत्तारुढ दलले सरकार तीब्र गतिमा अघि बढेको दाबी गरे पनि प्रतिपक्षी दलहरूले भने सरकारको कडा आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले जनतामा अनुभूति हुने गरी सरकारले काम गर्न नसकेको बताए। ‘सरकारले जनतालाई राहात हुने केही काम गर्न सकेको छैन’ डा.रावलले भने, ‘सरकार ललीपप दिए जस्तो गर्दैछ।’

प्रतिपक्षी दल नेपाली कांग्रेसकै सांसद भरतबहादुर खड्काले प्रतिपक्षले  सहयोग गर्दा गर्दै पनि सरकार स्वच्छाचारी ढंगले अघि बढिरहेको आरोप लगाए। प्रदेश सरकारकारको गतिविधि चित्त बुझ्दो नभएको उनले बताए। ‘संसदका प्रतिपक्षबाट कुनै समस्या छैन। तर सरकारले काम गर्न सकिरहेको छैन। यस्तो अवस्थाले यो ब्यवस्था प्रति जनतालाई बितृष्णा पैदा हुनसक्छ’ खड्काले भने। 

राष्ट्रिय जनता पार्टी राजपाकि सांसद मालामति कुमारी चौधरीले रेशम चौधरीलाई सपथ ग्रहणपछि फेरि कारागार चलान गरेको विषयमा असन्तुष्टि ब्यक्त गरिन्।उनले संसदबाट रेशम चौधरीको रिहाइको माग गरिन्। ‘सरकारले सपथ ग्रहण त गरायो फेरि खेरमा थुन्यो’ चौधरीले भनिन्, ‘सरकारको ध्यानआकर्षण गराउन चाहान्छु। छिटो भन्दा छिटो जेलमुक्त गरियोस्।’ 

शुक्रबार सांसदहरूले विशेष समयामा धारणा राख्ने बाहेक अन्य कारबाही भएन। आगामी माघ ११ शुक्रबार दिउँसो १ बजे बस्ने गरि प्रदेश सभाको पहिलो बैठक स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.