|

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिकाले  निर्माण गरेका योजना स्थलमा अनिवार्य सूचना बोर्ड राख्ने निर्णय गरेको छ। नगरपालिकाले निर्माण गरेका साना ठूला सबै योजनामा योजनाको बारेको संक्षिप्त जानकारी रहेको सूचना बोर्ड राख्ने गरेको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले बताइन् ।

प्रमुख मलासीले भनिन्, ‘नागरिक उत्तरदायित्व तथा जवाफदेहिताअन्तर्गत सबै योजनामा अनिवार्य बोर्ड टाँस्नु पर्ने बाध्यकारी  गरेका छौँ।' आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण कार्य सुरु भएका सबै योजनामा यस्तो ब्यवस्था गरिएको हो निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिए। शर्माले भने, ‘पाँचलाख भन्दा माथिका योजनामा बाध्यकारी रुपमै सूचना बाेर्ड राख्नु भन्ने सम्झौता मै उल्लेख छ। शर्माले थपे, ‘यसले गर्दा योजनाको प्रभावकारिता तथा पारदर्शिता बढ्छ। जसले पनि प्रस्टसँग सबै सूचना प्राप्त हुने भएपछि काम प्रभावकारी हुन्छ भन्ने हामीलाई बिश्वास छ।’

योजनास्थलमा सूचना बाेर्डमा टाँस गरेर नागरिकलाई योजनाका बारेमा जानकारी दिनु राम्रो सुरुवात भएको सूचनाका अभियान्ता शंकर थापाले बताए। थापाले भने, ‘अहिले सूचना दिने भन्दा पनि कसरी लुकाउन सकिन्छ भन्ने होड भएको देखिन्छ। दिपायल सिलगढी नगरपालिकाले सूचनाका प्रदान गर्ने बारेमा गरेको योग्दान प्रशंसनीय छ।’ योजना स्थलमा टाँसिएको सूचना बोर्डमा योजनाको बारेमा  सुरुवातदेखि सम्पन्न मिति समेत उल्लेख गरिएको हुन्छ।

दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, ‘योजनाको रकम, निर्माण उपभोक्ता समिति तथा निर्माण कम्पनी, सामुदायको योग्दान सम्पन्न हुने मिति जस्ता कुरा सबै उल्लेख हुन्छन्।’ सूचना बोर्ड राख्दा दोहरो फाइदा हुने उप–प्रमुख शिवराज खड्काले बताए। खड्काले भने, ‘विशेष गरी उपभोक्ता समितिमा बसेका ब्यक्तिलाई आर्थिक रुपमा स्थानीयले शंका पनि गरेको देखिन्छ। त्यो पनि अन्त्य हुन्छ। अर्कोतर्फ नागरिकले कामको अनुगमन पनि गर्छन्। सोहीअनुसार काम भए/नभएको रेखदेख गर्छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.