|

काठमाडौं : गायक तथा संगीतकार मनोजराज शिवाकोटी र अन्जु पन्तले वैवाहिक सम्बन्धबाट अलग भएपछि सँगै काम गरेका छन्। अन्जु र मनोजले 'सम्झे पनि तिम्रो याद, बिर्से पनि तिम्रो याद…' बोलको गजलमा सँगै काम गरेका हुन्। यो गजलमा मनोज र अन्जुको स्वर रहेको छ।

अन्जु र मनोजको केही वर्ष पहिले डिभोर्स भएको थियो।

अन्जु र मनोजको स्वर रहेको यो गजल गजलकार सुरेश वाग्लेको एल्बम 'तिमी साथ भएपछि'मा समावेश गरिएको छ।

गजलमा शब्द वाग्लेको रहेको छ भने संगीत मनोजले दिएका छन्। गजलको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अनिल थापाको अभिनय रहेको छ। भिडियोमा वाग्लेलाई पनि देख्न सकिन्छ।

भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.