|

गुल्मी : जिल्ला अस्पताल गुल्मीमा ६ महिनायता ४४ जनाको प्रसूति जटिल शल्याक्रियाद्वारा गराइएको छ। 

जिल्ला अस्पताल गुल्मीका विशेषज्ञ डाक्टर उत्तम पच्याका अनुसार यो आर्थिक वर्षको ६ महिनामा जटिल शल्यक्रियाद्वारा ४४ जनाको प्रसूति गराइएको हो।  ‘नर्मल प्रसूति गराउने हाम्रो लक्ष्य हो’, उनले भने, 'कतिपय अवस्थामा आमा र बच्चाको सुरक्षाका  निम्ति पनि शल्याक्रियाबाट प्रसूति गराइएको हो।’  

कतिपय महिलाले पीडा सहन नसकी शल्यक्रिया गर्न चाहने कारण पनि यो संख्या बढेको उनले बताए। शल्यक्रियाको माध्यमबाट प्रसूति गराउनुभन्दा सामान्य रूपमा बच्चा जन्माउनु राम्रो हुने गर्भवतीहरूलाई बताउने गरेको उनको भनाइ छ।

यो अवधिमा अस्पताल आएका ४१८ मध्ये ३६२ जनाको सामान्य रूपमा प्रसूति भएको अस्पतालले जनाएको छ। साल अड्किने, रगत दिनुपर्ने जस्ता समस्या भएका १२ जनाको प्रसूति  गराइएको छ। 

विशेषज्ञ डाक्टर अभाव रहे पनि यो संख्यामा प्रसूति गराइएको रहेको अस्पताल शाखाले जनाएको छ। जिल्ला अस्पताल गुल्मीमा विशेषज्ञ डाक्टरहरूको दरबन्दी १० जनाको रहेकोमा डाक्टर पच्या मात्रै कार्यरत छन्। शाखाका अनुसार विशेषज्ञ डाक्टर दुर्गममा आउन नचाहने र आए पनि घर पायक मिलाएर काजमा जाने कारण पनि समस्या आउने गरेको प्रशासनले बतायो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.