|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच फेब्रुअरी महिनाको अन्त्यतिर दोस्रो शिखर वार्ता हुने भएको छ।

उत्तर कोरियाली वार्ताकार किम योङ् चोलसँग ह्वाइट हाउसमा ट्रम्पको कुराकानी भएपछि यस्तो घोषणा गरिएको ह्वाइट हाउसले जनाएको छ।

गत जुन महिनामा सिंगापुरमा भएको ऐतिहासिक पहिलो शिखर सम्मेलनयता दुई देशबीच परमाणु निशस्त्रीकरणको मुद्दामा खासै प्रगति हुन सकेको छैन। दोस्रो शिखर सम्मेलन भियतनाममा हुने चर्चा चले पनि कहाँ हुनेछ भनेर निश्चित स्थान ह्वाइट हाउसले सार्वजनिक गरेको छैन।

यसअघि जुनमा ट्रम्प र किमबीच सिंगापुरको एक होटलमा भेटवार्ता भएको थियो। किम योङ् चोलको हालको वासिङ्गटन भ्रमणले उत्तर कोरियासँग परमाणु कुटनीति जारी रहेको संकेत गरेको बीबीसीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.