|

सर्लाही : ईश्वरपुर नगरपालिका १२ मा गएराति भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

ईश्वरपुर १२ स्थित बाँके जंगलको सडकमा रोकिराखेको ना ४ ख ९७५४ नम्बरको बसलाई सोही दिशाबाटै गइरहेको ना ५ ख ७१२९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो। बस काठमाडौंबाट इलामको पशुतिनगरका लागि छुटेको हाे।

दुर्घटनामा मृत्यु हुनेमा इलामका २७ वर्षीय गोविन्द साउदेन, सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का ३० वर्षीय विनिता राई र ट्रक चालक पर्साको वीरगञ्ज महानगरपालिका–१९ इनर्वाका करिब ३५ वर्षीय रहिम मियाँ रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ।

घाइते हुनेमा नुवाकोटको विदुर नगरपालिका–१३ का ३५ वर्षीय दावा तामाङ, बसका चालक झापाको अर्जुनधारा नगरपालिका ६ का ३५ वर्षीय राजेन्द्र खतिवडा र बसका सह–चालक उदयपुरको कटारी नगरपालिका–१ का २२ वर्षीय दीपक अधिकारी रहेका छन्। उनीहरुमध्ये तामाङलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। अधिकारीको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पताल र सहचालकको लालबन्दीस्थित टेक्सास अस्पतालमा उपचार भैरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.