|

सुर्खेत : बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा दुई ट्रकमा आगजनी गरेको छ।

शनिबार बिहान नेपालगञ्जबाट खाद्यान्न बोकेर सुर्खेत आउँदै गरेको ना ६ ख ७३१३ नम्बरको ट्रक सत्तरीमा र नम्बर नखुलेको गाडी सुर्खेत पश्चिमको बड्डीचौरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

विप्लवका कार्यकर्ताले बिहान ४ बजेतिर ट्रकमाआगजनी गरेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरक चौलागाइँले जानकारी दिए। अहिले लामो दूरीका सवारीसाधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्य पठाइरहेको छ ।

पुस २२ गते विद्यार्थीहरूको जिल्ला सम्मेलनको  तयारीको सिलसिलामा सुर्खेत जिल्लाबाट विप्लव नेकपाका भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुटो मुद्दामा गिरफ्तार गरेको भन्दै बन्द गरेको हो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.