|

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिका ४ झुरझुरेस्थित तत्कालीन नेकपा माओवादी र सरकारी सुरक्षाकर्मीबीच करिब १२ घण्टासम्म दोहोरो भिडन्त भएको युद्धभूमिमा शहीद पार्क निर्माण गरिने भएको छ।

२०६२ साल माघ ८ गते साँझ ६ देखि भोलिपल्ट बिहान ६ बजेसम्म माओवादी र सरकारी सुरक्षाकर्मीबीच दोहोरो भिड्न्त भएको स्थानमा मकवानपुरको बागमती गाउँपालिकाले शहीद पार्क निर्माण गरिने भएको हो।  भिडन्तमा स्थानीय मानबहादुर बज्यु र प्रताप बज्यु, २८ माओवादी नेता कार्यकर्ता र सुरक्षाकर्मी गरी ठूलो संख्यामा ज्यानमा गएको थियो। त्यही भिडन्त स्थलमा शहीद स्तम्भ, भ्युटावर, पिकनिक स्थल, पैदल मार्गसहितको पार्क निर्माण गर्न लागेको शहीद पार्क निर्माण तथा ब्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर थिङले बताए। उनका अनुसार यसका लागि बागमती गाउँपालिकाले २० लाख रुपियाँ विनियोजित गरेको छ।

शहीदको स्मृतिमा निर्माण हुन लागेको पार्ककको तत्कालिन जनयुद्धका नेतृत्वकर्ता एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्ने कार्यक्रम तय भए पनि अन्तिमम समयमा समयअभाव भन्दै शिलान्यस नगरेपछि स्थानीयबासी तथा तत्कालीन माओवादीहरु रुष्ट भएका छन्। बुधबार प्रचण्ड उक्त स्थानमा आउँदा आफूहरुलाई शिलान्यासका लागि तयारीमा लाग्न आग्रह गरेपनि समय अभाव देखाउँदै आफूहरुलाई समय नदिएको भन्दै उनीहरू आक्रोशित भएका हुन्।

पाँच मिनेटको उकालोमा पुगिने उद्घाटनस्थलमा प्रचण्ड नआउने खबर आएपछि निराश हुँदै तल झरेको स्थानीयले बताए। २८ जना माओवादी नेता कार्यकर्ताले ज्यान गुमाएको स्थानमा किन नआएका होला भन्दै प्रश्न गर्नेहरू थिए। केहीले भने प्रचण्डले आफ्नो कार्यकर्ताको बलिदानको अवमूल्यन गरेको भन्दै तल झर्दै थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.