|

पोखरा : नेपालको विभिन्न पदमार्गको बारेमा अन्तराष्ट्रियस्तरमा जानकारी र प्रचार गर्ने उद्देश्यले टान पश्चिमाञ्चलको टोली बैदेशिक यात्रामा निस्केको छ। टान पश्चिमाञ्चलका अध्यक्ष हरि भूजेल नेतृत्वको २२ सदस्यीय टोली शुक्रबार नेपालबाट इन्डोनएशियाको लागि निस्केको हो। उक्त टोलीलाई नेपाल टुरिजम बोर्डका सिइओ दीपकराज जोशीले एक कार्यक्रम गरी विदाईसमेत गरे।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि पनि टान पश्चिमाञ्चलले विदेशमा प्रचारको कार्यक्रम सुरु गरेको अध्यक्ष भूजेलले जानकारी बताए। ‘यो यात्रामा हामी इन्डोनेशियाका, मलेशियाका हिमाली पदमार्गमा घुम्न रुचाउने पर्यटकहरु र त्यससँग सम्बद्ध संघसंस्थाहरुसँग छलफल गर्छौं र कसरी नेपालमा ति पर्यटकलाई भित्र्याउन सकिन्छ भन्नेबारे पनि कुरा राख्छौँ,’  भूजेलले भने, ‘हामीले हाम्रो हिमाली पदमार्गको बारेमा त्यहाँ जानकारी गराउछौँ।’ १० दिने भ्रमणमा टान पश्चिमाञ्चलको टोलीले इन्डोनएशियासँगै मलेशिया र सिंगापुरका पर्यटन ब्यवसायीहरुसँग नेपालमा पर्यटक आवागमन बढाउने विषयमा छलफल गर्ने भूजेलले जानकारी दिए। 

भ्रमणको क्रममा पर्यटकहरुको प्रमुख गन्तब्यमा हिमाली पदमार्ग रहेको भन्दै टान पश्चिमाञ्चलले अन्नपूर्ण पदमार्ग, मनास्लु पदमार्ग सँगै देशका अन्य पदमार्गको प्रचारमा यस पटकको भ्रमणमा जोड दिने बताएको छ। पदमाग्रको प्रचारको लागि टानले पहिलो विदेश यात्रा गरेको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.