देशभरको १२० वटा हलमा प्रदर्शन हुने

|

हेटौंडा : युवा लेखक सुविन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’मा आधारित समर लभ फिल्म युनिट फिल्मको प्रचारप्रसार गर्दै मोफासल दौडमा निस्किएको छ। माघ २५ गतेबाट देशभरका १२० फिल्म हलमा लाग्ने फिल्मको प्रचारप्रसार गर्दै फिल्म युनिट शनिबार हेटौंडा आइपुगेको छ।

फिल्मका निर्माता खगेन्द्र श्रेष्ठ, नायक आशिष पिया,नायिका रेवती क्षत्री र निर्मात्री इन्दु भण्डारीसहितको टोलीले हेटौंडमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्म उपन्यासमा आधारित भएको र उपन्यासलाई पात्रमार्फत् चलचित्रमा उतारेको बताउँदै राम्रो फिल्म बनेको दावी गरे। ‘विशेष गरी युवापुस्तालाई लक्षित गरेर फिल्म निर्माण गरिएको हो।

'उपन्यासमा भएको पात्र र स्थान अनुसार विदेशमा समेत सुटिङ गरेका छौं। फिल्मलाई उपान्यस जस्तै दर्शकले माया गर्नुहुन्छ भन्ने विश्वास हाम्रो टोलीको रहेको छ।’ निर्माता श्रेष्ठले समर लभ सवैभन्दा बढी विकेको उपन्यास भएको र फिल्म पनि सवैभन्दा बढी दर्शकले हेर्ने रेडर्क राख्ने समेत दावी गरे। करिब दुईकरोड ८० लाख रुपैयाँ लागतमा फिल्म तयार भएको र भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसलाई लक्षित गरेर फिल्मको प्रदर्शन मिति तय भएको निर्माता श्रेष्ठले जानकारी दिए। फिल्म रिलिजको एकसातापछि प्रेम दिवस पर्छ।

फिल्म छायाँकनसहित प्रदर्शनमा ल्याउन एक वर्षभन्दा बढी समय लागेको बताइएको छ। फिल्ममा सुरज सिंह ठकुरी र नम्रता सापकोटालगायतको भूमिका रहेको छ। कलाकार पिया र क्षत्रीको यो फिल्म डेब्यु फिल्म समेत रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

फिल्म युनिटले हेटौंडासहित, चितवन, बुटवल, पोखरालगायत शहरमा फिल्मको प्रचारप्रसारको काम गरिरहेका छन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.