|

भक्तपुर : नेवार समुदायमा रजस्वला हुनु अगाडि सुवर्णकुमार नामक नारायण देवतासँग विवाह गरी दिने परम्परा र संस्कार नै (बेल विवाह)इहि हो। नेवार समुदायमा विवाह अगाडी आफ्नो जन्मघरमा छोरीको रजस्वला भएमा समाजमा आजिवन कलंकित भएर बाँच्नुपर्ने कुसंस्कारलाई चिर्न इहि गरिन्छ। विषेश गरी छ वर्ष पुरा भई सात वर्ष टेकेको समयमा गरिने इहि सामाजिक मर्यादा एवं धार्मिक मान्यता अनुसार समाजमा सम्मानपूर्वक विधिवत रुपमा यज्ञ विधिद्धारा इहि गर्ने कन्यालाई सुवर्णकुमारलाई कन्यादान गरी इहिकर्म सम्पन्न गरिन्छ।

इहि गर्दा वेल पवित्र एवं कहिले विटुलो नहुने शौभाग्यको प्रतिक फलमा काँचो सुनको टुक्रा राखी विधिवत रुपमा पुजा गरी कन्याहरुलाई सुर्वणकुमारसँग कन्यादान गरिन्छ। यसमा सुवर्णको अर्थ मनले चिताएको वा मनपर्ने वरका रुपमा लिइन्छ भने सुनलाई नारायणको प्रतिकका रुपमा लिइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.