|

झापा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशको समृद्धिका लागि कृषि र पर्यटनको प्रवद्र्धन आवश्यक रहेको बताएका छन्। झापाको दमकबाट प्रशारित हिमशिखर टेलिभिजन तथा हिमशिखर मिडिया ग्रुपको नवनिर्मित भवनको उद्घाटन समारोहमा शनिबार उनले यसमा सञ्चार क्षेत्रको पनि महत्वपूर्ण साथ चाहिने धारणा राखेका हुन्। 

प्रदेश १ मा प्रशस्त मात्रामा उर्वर जमिन र जनशक्तिसमेत रहेकाले कृषिको आधुनिकीकरण र व्यवसायीकरण सहज हुन सक्ने धारणा राखे। यसैगरी, प्रदेश १ मा सगरमाथादेखि नेपालकै होचो भूभाग कचनकवलसम्म रहेको, विभिन्न हिमश्रृङ्खला तथा धार्मिक एवं पर्यटकीय गन्तव्य रहेको भन्दै यिनैको प्रवद्र्धनबाट प्रदेश सवल र समृद्ध बन्ने उनले बताए।

समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिमा सञ्चार क्षेत्रबाट पनि सहयोगी भूमिका आवश्यक रहेको भन्दै मुख्यमन्त्री राईले प्रदेश सरकार यसका लागि दृढसमेत रहेको बताए। मिडिया ग्रुपका अध्यक्ष ध्रुवप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.