|

फिलिपिन्सको सर्वाधिक धनी व्यक्ति मानिने हेनरी सीको ९४ बर्षको उमेरमा शनिबार निधन भएको छ। चीनबाट बसाई सरेर फिलिपिन्स आएका सीलाई फिलिपिन्समा वरिष्ठ उद्यमीका रुपमा सम्मान गरिन्थ्यो। 

चीनमा उनको घर सिमेन शहरमा थियो। उनले फिलिपिन्समा सपिङ् मल खोल्नु भए। उनको सपिङ् मल विश्वकै ठूला सपिङ् मल अन्तर्गत पर्दछ। 

गत शुक्रबार सम्ममा उनको सम्पत्ति १९ अरब अमेरिकी डलर रहेको जनाइएको छ। यो सम्पत्तिका आधारमा उनी गत बर्ष विश्वकै ५२औ धनीमा पर्छन्।  

उनी मनिला सन् १९५६ मा पहिलो पटक गएका थिए। त्यसपछि उनको व्यापार व्यापक रुपमा फैलियो। काम गर्नका लागि युवा अवस्थामा फिलिपिन्स छिरेका सीले जीवनमा धेरै उतार चढावहरु भोगे। 

सन् २००६ मा फिलिसिन्सको स्टार पत्रिकालाई दिएको अन्तवार्तामा उनले भनेका थिए “हाम्रो स्टोर एकदमै सानो थियो, दोस्रो तला र अगाडी पछाडी भन्ने ठाँउ नै थिएन, एक मात्र कोठा रहेको थियो। हामी अवेर राती काउण्टर बन्द गरेपछि काउन्टरमै सुन्थ्यौँ। ” 

दोस्रो विश्वयुद्ध चलिरहेका बेला आफ्नो पसल पुरै ध्वस्त भएपछि उनका बुबा चीन फर्किएपनि उनले भने फिलिपिन्स नै बसेका थिए। उनले मनिला विश्वविद्यालयबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका हुन्। सामान्य जुत्ता पसलबाट सुरु गरेको उनको व्यापार पछि “सुजमार्ट” बनेको छ। 

जव उनले सन् १९८५ मा मनिलामा सुपरमल खोल्नु भए, तव उनले इतिहास रच्नुभए। सर्वाधिक सामानहरु पाईने, सिनेमा हलहरु, रेष्टुरेन्ट, बैंक र अन्य अकर्षक सेवासुविधाहरु पाइने भएपछि उनको नाम चम्किएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.