|

सुर्खेत : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्याकर्ता सुर्खेत प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको भेरीगंगा नगरपालिकाका ३३ वर्षीय पूर्णबहादुर बुढाथोकी र वीरेन्द्रनगर नगरपालिका १२ का ४८ वर्षीय कमल विसीलाई पक्राउ गरिएको सुर्खेत प्रहरी प्रवक्ता तथा डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।

पक्राउ परेका उनीहरूलाई आवश्यक सोधपुछ भइरहेको प्रहरीको भनाई छ। त्यस्तै कार्यकर्ता पक्राउको विरोधमा गरेको बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा दुई गाडीमा आगजनी गरेका थिए। विप्लव माओवादीका कार्यकर्ताले शनिबार रत्न राजमार्गको सत्तरी र कर्णाली राजमार्गको बड्डीचौरनजिकै ट्रकमा आगजनी गरेका हुन्।

विप्लवका कार्यकर्ताले ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रकमा आगजनी गरेकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी प्रदीप क्षेत्रीले जानकारी दिए।पार्टीका भेरी व्यूरो सदस्य गोबिन्द याेगी र अनेरास्ववियु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई गिरफतार गरी झुटा मुद्दा लगाएको भन्दै शनिबार सुर्खेत बन्दको आव्हान गरेको थियो।

बन्दका कारण सुर्खेतबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधनहरू आंशिक रुपामा चलेका थिए। सुर्खेतका लागि छुटेका रात्रीकालीन सवारीलाई प्रहरीले सुरक्षा दिएर गन्तव्यमा पठाएको डिएसपी क्षत्रीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.