|

काठमाडौं : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले वाइडबडी विमान खरिद प्रकरण पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा, र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा र सहमतिमा भएको देखा परेको गम्भीर आरोप लगाएका छन्।

शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा डाक्टर लोहनीले  भने ‘यो काण्ड दुई भूतपूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको कार्यकालमा र सहमतिमा भएको देखा परेको छ। यसमा को के पदमा छ भन्ने प्रश्नलाई गौण राखी दोषीलाई जोसुकै भए पनि छानबिन गरी निश्कर्षमा पुग्नपर्छ भन्ने हाम्रो पार्टीको माग छ।’ उनले वाइडवडी विमान खरिद प्रकरणमा सरकारकै मन्त्रीले संसदलाई ढाट्ने काम गरेको भन्दै संसदको सर्वोच्चता र गरिमालाई आफू अनुकूल व्याख्या नगर्न पनि सरकारलाई चेतावनी दिए। 

त्यस्तै डा. लोहनीले अनशनरत डाक्टर गोविन्द केसीसँग गरेको सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गैहजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए।उनले प्रधानमन्त्री आफैँले सहमति गरेर कार्यान्वयन गर्ने समयमा संसदमा गइसकेको छ मेरो केही जिम्मेवारी छैन भन्नु गतल भएको टिप्पणी गरे। उनले प्रतिबद्धता जाहेर गर्दा हस्ताक्षर गर्ने अनि कार्यान्वयन नगर्ने भन्दै कसको स्वार्थका लागि यो सरकारले काम गरिरहेको छ? भनी प्रश्न गरे। दुई तिहाईको सरकारले आफ्नो एजेण्डालाई संसदबाट पास नगराउनु दुखद भएको बताए। सरकारले सहमति गरेकाले डाक्टर केसीको माग सम्बोधनको विषय सरकारी एजेण्डा नै बनिसकेको भन्दै उनले कुनै पनि अवस्थामा कार्यान्वयन हुनुपर्नेमा आफ्नो पार्टी रहेको बताए।

डाक्टर लोहनीले दुई तिहाईको नाममा भ्रष्टाचारको दलदलमा फसेको सरकार अनैतिकता र दलाल पुँजीवादतर्फ उन्मुख भएको भन्दै यस्तै अवस्था रहिरहे अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रमा नेपाल कालो सूचीमा पर्ने दाबी गरे। उनले निर्मला पन्तको हत्या पछिको बलात्कार घटनाका प्रमाण नष्ट गर्ने र अपराधमा संलग्नलाई तत्काल कारवाही गर्न माग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.