|

सुनसरी : विभागीय टिम पुलिसलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सुनसरीको इनरुवामा समपन्न मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। इनरुवा खेल मैदानमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको हो।

जितका लागि २५० रनको लक्ष दिएको त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई १६६ रनमा अलआउट पार्दै उपाधि हात पारेको छ। उपाधि बिजेता टोली त्रिभुवन आर्मीले नगद चार लाख एकहजार सहित ट्रफि हात पारेको छ। उपाधि चुम्नबाट चुकेको पुलिसले उपबिजेतामा चित्त बुझाउँदै नगद दुईलाख एकहजार प्राप्त गरेको छ। खेल अवलोकनका लागि इनरुवा पुगेका उपप्रधान तथा रक्षामंत्री ईश्वर पोखरेलले बिजेता टोलीसहितलाई पुरस्कार वितरण गरेका थिए। यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २४९ रनमा आउट हुन पुगेका थिए।

आर्मीका लागि राजेश पुलामीले अर्धशतकीय पारी खेले। कुशल मल्ल भने अर्धशतक बनाउनबाट १ रनले चुके। पुलामीले ६९ रन बनाउँदा मल्लले ४९ रन बनाए। पुलिसका दिपेश श्रेष्ठले ३ तथा रामनरेश गिरीले २ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लबले केवल १६६ रन मात्र जोड्न सक्यो। ४२.५ ओभरमा अलआउट भएको पुलिसका लागि योगेन्द्रसिंह कार्कीले ५१ रन जोडे पनि जितका लागि पर्याप्त भने हुन सकेन्। पुलिसका हिमान्सु दत्तले २९ र अमित श्रेष्ठले २५ रनको पारी खेले। पुलिसलाई सस्तैमा समेट्दै टिमका लागि जित दिलाउन आर्मीका सहाब आलम र कुशल मल्लले समान ३–३ विकेट चट्काए।

फाइनल खेलको म्यान अफ द म्याच आर्मीका कुशल मल्ल घोषित हुँदा प्रतियोगितामा अनुशासित टिम भने प्रदेश ७ बन्न सफल भएको छ। बेस्ट बलर पुलिसका सागर ढकाल घोषित भएको प्रतियोगिताको बेष्ट ब्याट्सम्यान आर्मीका भीम सार्की बनेका छन्। प्रतियोगिता भर उत्कृष्ठ खेलको प्रदर्शन गरेका पुलिसका दीलिप नाथ म्यान अफ द सिरिज चुनिएका छन्। उनले नगद ५१ हजार रुपैयाँ राशी हात पारेका छन्।

बिजेता तथा उपविजेता टोलीलाइ उपप्रधान तथा रक्षामन्त्री पोखरेलले पुरस्कार वितरण गरे। इनरुवा नगरपालिका र शान्तिदीप नेपालको आयोजनामा भएको प्रतियोगितामा तीन विभागीय टिमसहित १२ टिमको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.