|

सुनसरी : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले माघ महिनाभित्र पार्टीको एकता प्रक्रिया टुंग्याउने बताएका छन्। शनिबार नेकपा सचिवालय सदस्य पोखरेलले इटहरीमा नेकपाका अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गदै माघ महिनाभित्र एकता सकेर फागुन र चैतमा देशब्यापी अभियान संचालन गरिने सुनाए।

नेकपा सचिवालय सदस्य पोखरेलले नेकपाको दुई तिहाइको सरकारदेखि अत्तालिएका देशी विदेशी शक्तिले के कसरी वदनाम गर्न सकिन्छ कुनै कसर वाँकी नराखी लागि परेकाले सचेत रहन कार्यकर्तालाई आग्रह गरे। कार्यकर्तालाई साविकको एमाले वा माओवादी केन्द्र भएर नसोच्न आग्रह गर्दै नेकपा भएर सोच्नु पर्नेमा जोड दिए।

केन्द्रमा एकीकरण ढिला भए पनि स्थानीय स्तरमा एकीकरणको काम अघि बढाउँदै गरे केन्द्रलाई पनि दवाव हुने उनको भनाई छ। उनले पार्टी कमिटी नरहेको भन्दै निष्क्रिय नवस्न आग्रह गरे। सामाजिक विकास निर्माणका गतिविधिमा सक्रिय रहन कार्यकर्तालाई निर्देशन समेत दिए। यस्तै उनले ज्येष्ठ नागरिकभत्ता पाँचवर्ष भित्रमा पाँचहजार पुरयाउने उनले दाबी गरे। चुनावी घोषणा पत्रमा उल्लेखित सो प्रतिवद्धता पाँचवर्ष भित्रमा पूरा गर्ने वताए। उनले कार्यकर्तालाई भने,'पार्टीको घोषणापत्र राखेर सरकारको परीक्षा लिनुहोस्। हामी पास मात्र होइन। डिस्टिङसन ल्याउने गरी प्रतिवद्धता पूरा गर्ने छौं।' उनले यो सरकार पूरानो सरकारको ठाउँमा नयाँ सरकार परिवर्तन मात्र नभई प्रणाली नै परिवर्तन भएको पनि प्रष्ट्याए।

रक्षामन्त्री पोखरेलले प्रणाली नै परिवर्तन भएकाले नयाँ कानुन र संरचनाको अभावमा घोषणापत्र अनुसार अहिले मुभ हुन नसके जस्तो देखिएको वताए। उनले चैत भित्रमा आवश्यक कानुन निर्माण गरि सकेर अहिलेको ढिलाइको क्षतिपूर्ति सहितको काम गरेर देखाउने प्रतिवद्धता जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.