|
File Photo

लहान : सप्तरीको कञ्चनरुप नगरपालिका ११ मा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। 

कञ्चनरूप नगरपालिका ११ गोरपार गाउँकी स्थानीय नन्दकिशोर मण्डलकी श्रीमती करिब ५३ वर्षीया कौशिलादेवी मण्डलको हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो। गाउँमा  हात्ती आएको हल्ला सुनेपछि शनिबार अपरान्ह हात्ती हेर्न बारीतिर गएकी मण्डललाई झाडीमा बसेको हात्तीले आक्रमण गरी घाँटीमा खुट्टाले किचेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.