|

जनकपुरधाम : संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम ‘मधेस' प्रदेश हुने दाबी गरेका छन्। प्रदेश २ सरकारले प्रदेशको राजधानी तथा नामाकरणको विषयलाई टुंगाे लगाउन सुझाव आयोग गठन गरेर प्रत्येक जिल्लामा सुझाव संकलन गरिरहेको समयमा प्रदेश सरकारको नेतृत्व गरेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम मधेश प्रदेस हुने दाबी गरेका हुन्।

सिरहा जिल्लाको लहानमा प्रदेश २ का सरकारद्वारा आयोजित १२ औँ बलिदानी दिवसमा बोल्दै स्वास्थ्य मन्त्री समेत रहेका यादवले संघीयता, गणतन्त्र र समावेशिता आफ्नो पार्टीको मूल सिद्धान्त रहेको र सोही आधारमा पार्टी अघि बढेको बताए। अध्यक्ष यादवले कतिपय पार्टीलाई संघीय प्रणाली टाउँकोमा लादेको जस्ते महसुस बताउँदै आफैंले बनाएको संविधानमा इमानदारिता नदेखाउनु जनतासंगको बेइमानी हुने बताए।

अध्यक्ष यादवले संविधानमा सबै वर्ग समुदायको अधिकारका लागि संविधान संशोधन गर्नुपर्ने आफूहरूको अडानमा कुनै परिवर्तन नभएको बताउँदै संबिधान संशोधनको मुद्दालाई टुंगाे लगाउन सरकारमा गएको दाबी गरे। उनले भने, ‘धेरैले भन्ने गर्छ सरकारमा गयो भनेर तर संविधान संशोधनकै लागि हामी सरकारमा गएका हौं। अहिले दुई तिहाइको सरकार छ। संविधान संशोधनका लागि पनि दुई तिहाई चाहिन्छ। त्यसैले सरकारमा गएका हौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.