|

काठमाडौं : खोज पत्रकारिता केन्द्र (खोपके)ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टमा(आइसीआइजे)को सहकार्यमा तयार पारेको खुलासालाई अरुण चौधरीले खण्डन गरेका छन्। उनले सिइआजीको खुलासामा आफ्ना परिवारका सदस्यहरूको व्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरिएको प्रति विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण जनाएका छन्।

'मेरी श्रीमती शिला, छोराहरू करण र सूर्यान्सको नाममा ट्याक्स हेवन मुलुक व्रिटिस आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरिएकोमा हाम्रो नाममा त्यस्तो कम्पनी नै दर्ता नै नभएको स्पष्ट पार्दछौं', उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'त्यसैगरी ट्याक्स हेवन गर्नजीमा दर्ता रहेका दुई विदेशी कम्पनी यो कम्पनीका साझेदार छन् भनी उल्लेख गरिएको कुरा स्वतः खण्डित हुन्छ।'

सिइआजीको खुलासामा जोडेर जुनजुन कम्पनीको कुरा गरिएको छ, त्यसमा आफ्नो संलग्नता र कुनै पनि किसिमको सरोकार समेत नरहेको उनले स्पष्ट पारेका छन्। 'हाम्रो कुनै पनि स्वीस बैंकमा खाता छैन, कुनै पनि पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता छैन' उनले शनिबार जारी गरिएको विज्ञप्तिमा अगाडि भनिएको छ, 'हाम्रो सिजी होल्डिंग्स समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन।'

उनले आफ्नो परिवारको नाम जुन देशमा कम्पनी खोलेको सिइआजीले बताएको छ त्यहाँ परिवारका कुनै पनि सदस्यले यात्रासमेत नगरेको दाबी गरेका छन्। उनले आफ्नो परिवारको ट्राभल हिस्ट्री हेर्न समेत चुनौती दिएका छन्।

यो विषय केही वर्षअघि समेत बाहिर आएको र त्यसबेला पनि यसका बारेमा स्पष्ट पारेको उनले जिकिर गरेका छन्। पुरानो र आधारहीन कुरालाई पुनः बाहिर ल्याएर देशकै प्रतिष्ठित व्यवसायिक घरानाको सार्वजनिक छविमा क्षति पुर्‍याउन खोजिएको भन्दै उनले सिइआजीको खुलासाप्रति गम्भीर आपत्ति जनाएका छन्।

केही दिन अगाडि खोज पत्रकारिता केन्द्रले गैरकानुनी रूपमा नेपाली विदेश बैंकमा रकम जम्मा गरेको भन्दै एक खुलासा गरेको थियो। उक्त खुलासामा नेपालका विभिन्न क्षेत्रमा काम गर्ने ५५ जना नेपालीको नाम जोडिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.