|

 मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ७१ पुगेको छ।

मेक्सीकोको हाइडाल्गो राज्यमा भएको विष्फोटमा परी  ७६ जना घाइते भएको उक्त राज्यका प्रशासन प्रमुख ओमार फायरले जनाएका छन्। ती मध्ये केहीको अवस्ता गम्भीर रहेको छ। 

हेडाल्गो राज्यको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन छेडेर तेल चोर्ने प्रयास गरिंदा विस्फोट भएको अधिकारीहरुले जनाएका छन्। मेक्सिकोका राष्ट्रपति आन्द्रियाज म्यानुएल लोपेज ओब्राडोरले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति ओब्राडोरले तेल चोरी नियन्त्रण गर्न कडा कदम चालेपछि तस्करी केही नियन्त्रणमा आएको छ। यसैको प्रभावस्वरुप केही राज्यका पेट्रोल पम्पहरुमा तेल अभाव देखिएको छ।

तस्करहरुको समूहले राज्य नियन्त्रित पेट्रोलियम पाईपलाईन ड्रिल गरेर चोरी गर्न खोज्दा पछिल्लो दुर्घटना भएको हो। मेक्सिकोमा गत वर्ष पाइपलाइनबाट तेल चोरी गर्दा राज्यले तीन अर्ब अमेरिकी डलर बराबरको तेल गुमाएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.