|

दक्षिण अफ्रिकाका व्याट्सम्यान हासिम आम्लाले एकदिवशीय क्रिकेटमा सबैभन्दा छिटो २७ शतक बनाएर विश्व किर्तिमान बनाएका छन्।

पाकिस्तानविरुद्ध उनले गएराति नटआउट १ सय ८ रन बनाए। यसअघि सबैभन्दा छिटो २७ शतक बनाउने रेकर्ड भारतीय कप्तान विराट कोहलीको नाममा रहेको थियो। आम्लाले १ सय ६७ पारिमा २७ शतक बनाए। भारतीय कप्तान कोहलीले १ सय ६९ मा, सचिन तेंदुलकरले २ सय ५४  म्याचमा र अष्ट्रेलियाका रिकी पोटिंगले ३ सय ८ पारीमा २७ शतक बनाएका थिए।

आम्लाले शतक हानेपनि पाकिस्तानले पाँच म्याचको श्रृंखलामा घरेलु टोली विरुद्ध विजयी शुरुवात गरेको छ। पोर्ट एलिजावेथमा भएको पहिलो एकदिवशीयमा पाकिस्तान पाँच विकेटले विजयी भयो। टस जितेर पहिले व्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा २ सय ६६ रन बनायो।

२ सय ६७ रनको विजय लक्ष्य पाकिस्तानले ४९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो। जितसंगै पाकिस्तानले एकदिवशीय श्रृंखलामा एक सून्यको अग्रता बनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.