|

काठमाडौंः साहित्य सन्ध्या काठमाडौंमा वरिष्ठ कवि उमेश उपाध्यायद्वारा लिखित ‘जडताको ताण्डव’ कविता सङ्ग्रहको लोकार्पण एवम् परिचर्चा र लघु कथागोष्ठी सम्पन्न भएको छ। साहित्य सन्ध्याका अध्यक्ष प्राज्ञ राम विनयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन देबु लुइटेलले गरेका थिए।

समारोहमा प्रमुख अतिथि पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी थिइन भने विशिष्ट अतिथिका रूपमा प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित थिए। अतिथिहरूमा जनगायिका एवम् माननीय सानु पहाडी, त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.भुपप्रसाद धमला, वरिष्ठ कवि कणाद महर्षि, डा.पुष्करराज भट्ट, वरिष्ठ कवि पुरुषोत्तम सुवेदी, वरिष्ठ कवि उमेश उपाध्याय, वरिष्ठ गजलकार रामबहादुर पहाडी, साहित्यकार गोविन्द घिमिरे वेदमणि, आख्यानकार सीताराम नेपाल, प्राज्ञ नर्मदेश्वरी सत्याल उपस्थित थिए।
प्रमुख अतिथि मानवीले वरिष्ठ कवि उमेश उपाध्यायको कवितासङ्ग्रह ‘जडताको ताण्डव’को लोकार्पण गरिन्। उक्त लोकार्पित कृतिमाथि वरिष्ठ कवि पुरुषोत्तम सुवेदीले चर्चा गर्दै शान्त वातावरणमा साहित्यसाधनामा लागिरहने, कम चर्चामा आउनखोज्ने तर गहिरो चेतना भएका कवि उमेश उपाध्यायले जिफन्टमा रहेर लामो समय मजदुर आन्दोलनलाई व्यवस्थित पार्ने र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने अभियान चलाएको बताए।

साहित्य सन्ध्याको समारोहमा बाइसओटा लघु कथा वाचन भएका छन्। वाचित लघु कथाहरूमा स्थापितदेखि नवसिर्जनासम्म सुनिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.