|

रामेछाप : जिल्लाको मन्थली नगरपालिका–१ मच्छोडँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा १५ बढी घाइते भएको बताइएको छ। ओखलढुङ्गाको घोराखेरीबाट काठमाडौं जान लागेको बा४ख ४२१० नम्बरको अरनिको यातायातको सुपर गाडी दुर्घटना भएको हो। मृतकको पहिचान खुलिनसकेको साथै दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.