|

काठमाडौं : चितवनको पर्यटकीय नगरी सौराहा घर भई हाल काठमाडौं बस्दै आएका बाल गायक प्रिन्स सिलवालको पहिलो गीतको दोस्रो म्युजिक भिडियोको छायांकन थालिएको छ। उनकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्यूजिक भिडियोमा अहिले उनी व्यस्त छन्। चितवनको सौराहामा सुन्दर पोसाकमा सजिएका थारु युवतीहरुको कोरस नृत्य अगाडि प्रिन्स मोडलिङमा जम्दै छन्। निशा पाण्डे र जेनी धमलासँग उनले मोडलिङमा रोमान्स गरेका छन्।

भकारी एमडिसीको प्रस्तुतिमा शुरु भएको म्यूजिक भिडियो छायांकनमा प्रिन्सले उत्कृष्ट प्रदर्शन गरेका निर्देशक सञ्जय पाण्डेले बताए। यसअघि प्रिन्सले दशैंको अवसरमा उमंगले भरिएको गीत ‘दशै मनाउने हो, नाच्दै रमाउने हो’ भिडियोसहित बजारमा ल्याएका थिए।

‘गायनम जस्तै राम्रो प्रस्तुति मोडलिंगमा प्रिन्सले देखाएका छन्,’ गीतकार तथा भकारी एमडीसीका निर्देशक बसन्त वित्यासी थापाले भने। ‘न मानामा नापिन्छ मायाँ’ बोलको गीत  पहिलो रेकर्ड भएपनि म्यूजिक भिडियो भने दोस्रो हो। दोस्रो गीत ‘दशैं मनाउने हो’ म्यूजिक भिडियोका साथ दशैं अघि नै बजारमा आएको थियो। यसलाई दशैंमा बालबालिकाहरुले खुब मनपराएका थिए।

बसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको सङ्गित रहेको यसमा सौराहाको रमणीय दृश्यलाई देखाउन खोजीएको प्रिन्सका बुबा रमेश सिल्लवालले जानकारी दिए। 

सञ्जय पाण्डेको निर्देशन र कृष्ण रसालको नृत्य निर्देशन रहेको म्यूजिक भिडियोको छायांकन भने चक्र महर्जनले गरेका हुन्। भिडियोमा थारु संस्कृतिसँगै सौराहाको पर्यटकिय र प्राकृति रमणीय दृष्यहरु देख्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.