|

हेटौंडा : हेटौंडामा सोमबारबाट प्रथम सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता सुरु हुने भएको छ। नेपाल हक्की संघ काठमाडौंको आयोजनामा दंगा प्रहरी नियन्त्रण गण हेटौंडा ११ मा प्रतियोगिता हुन लागेको हो।

मकवानपुर हक्की संघको आतिथ्यतामा हुन लागेको प्रतियोगितामा ५ वटा प्रदेशका खेलाडीसहित नेपाल आर्मी क्लबाट पनि पनि खेलाडी सहभागी हुने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। प्रतियोगितामा ६ टिमको ९६ जना खेलाडी सहभागी हुनेछन्। माघ ११ गतेसम्म हुने प्रतियोगिताको लागि ११ लाख रुपैयाँ खर्च अनुमान गरिएको हक्की संघका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक मनोज शर्माले जानकारी दिए।

प्रतियोगितामार्फत राष्ट्रिय टिमको छनाेट हुने बताइएको छ। महिला अधिकारका लागि योगदान दिएकी सहाना प्रधानको योगदानलाई खेलकुद क्षेत्रमा पनि चिरस्थायी बनाउन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। महिला खेलाडीबीच भाइचारको विकास हुनुका साथै नयाँ महिला हक्की खेलाडी उत्पादन हुने र महिला खेलाडी आत्मरक्षाको लागि सक्षम हुने पनि आयोजकले अपेक्षा गरेको छ।

प्रतियोगितामा प्रदेश १, २, ३, ४, ७ र नेपाल आर्मी क्लबका खेलाडीले सहभागिता जनाउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.