|

सुर्खेत : जाजरकोट त्रिवेणी नलगाड गाउँपालिकाका तेजबहादुर खड्का सुर्खेतमा रहेको कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयको गेटमा नै भेटिए। हातमा वैदेशिक रोजगारीका कागज पत्र भएका फाइल र पासपोर्ट थियो। 

चार वर्षदेखि ओमनमा वैदेशिक रोजगारीमा रहेका खड्का घर विदामा आएको ४० दिन भएको रहेछ। दुई महिनाको घरविदामा आएका खड्का पुन श्रम स्वीकृति लिनको लागि श्रम तथा रोजगार कायार्यलयमा आएका हुन्। आइतबारबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतबाटै पुनः श्रम स्वीकृति पाइने भएपछि उनी उत्साहित हुदै त्यहाँ पुगेका थिए। ‘म जस्ता वैदेशिक रोजगारीमा जानेहरूले अव पुनः श्रम स्वीकृतिका लागि अब एक हप्ताको समय र खर्च बोकेर काठमाडौंमा जानुपर्ने बाध्यता छुट्यो,’ उनले भने ‘मलाई खुसी लागेको छ।’ 

पहिले पनि उनले पुन श्रम स्वीकृति लिनको लागि काठमाडौंमा लामो लाईनमा लागेको  पट्यार लाग्दो अवस्था सम्झँदै भने ‘जाजरकोटबाट काडमाडौांमा पुनः श्रम स्वीकृति लिनको लागि पनि एक हप्ताको समयले पुग्दैनथ्यो। प्रक्रिया शुरु गरेको तीन दिनमा बल्ल बल्ल उतिबेला मेरो काम भएको हो।’ उनले भने, ‘तर अहिले यहा एकै छिनमा सुर्खेतमा नै काम हुने भए पछि पैसाको पनि बचत भयो। अनि केही दिनाअरु भए पनि म घर परिवारसँगै बस्न पाउने भएँ।’ खड्काले फेरि भने, ‘अब हामी जस्तालाई  पहिले जस्तो जाहाज छुट्छ की भन्ने चिन्ता नहुने भयो।’

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट श्रम तथा रोजगार कार्यालयले पुन श्रम स्वीकृति दिन आइतबारबाट शुरु गरेको छ। यो सँगै कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीमा जानेहरूले पुनः श्रम स्वीकृति लिन अब काठमाडौंमा धाउनु पर्ने बाध्यता हटेको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आइतबार १८ वर्षदेखि साउदीमा रोजगारी गर्दै आएका सुर्खेतका लालित घर्तीलाई पुनः श्रम स्वीकृति प्रदान गर्दै सेवा प्रारम्भ गरेका हुन्।

युवालाई बैदेशिक रोजगारीमा पठाउनु राम्रो नभए पनि तत्काल देशमा रोजगारी नभएको अवस्थामा बैदेशिक रोजगारीमा जानेहरू पनि दक्ष बनाएर पठाउनुपर्नेमा उनले जोड दिए। मन्त्री रावलले भने ‘सुरुवातमा पुनः श्रम स्वीकृतिको सेवा प्रारम्भ गरे पनि आगामी दिनमा सबै काम प्रदेशबाटै गरिने छ।’ 

पहिलो पटक प्रदेशबाटै पुनः श्रम स्वीकृति पाएपछि सेवाग्राही ललित घर्तीले आफूले स्वीकृतिकै लागि दशाैंहजार खर्चेर राजधानी जाने बाध्यता हटेकोकोमा खुसी व्यक्त गरे।पहिलो दिन सुर्खेत लेकबेशी नगरपालिकाका ललितकुमार घर्ती पहिलो पटक सुर्खेतको श्रम तथा रोजगार कार्यालयबाट पुन श्रम स्वीकृति लिनेमा पहिलो हुन्। साउदी अरवमा काम गर्दै आएका घर्ति सुर्खेतबाट श्रम स्वीकृति लिने पहिलो सेव ग्राही बने। 

श्रम तथा रोजगार कार्यालय सुर्खेतका निमित्त वरिष्ट शाखा अधिकृत श्यामकृष्ण आचार्यले आइतबारबाट पहिलो चरणमा पुनः श्रम स्वीकृति दिन शुरु गरेको बताए।कार्यालयले वैदेशिक रोजगारीमा जानेलाई पुन श्रम स्वीकृति दिने लगायत आन्तरिक श्रम तथा रोजगारसम्बन्धी कार्य गर्ने जानकारी दिए। साथै कार्यालयबाट श्रमिकको न्यूनतम पारिश्रमिक लगायत बिमाको पनि काम हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.