|

काठमाडौं : निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब सात महिना पूरा हुन लाग्दासमेत प्रहरीले हत्याराबारे कुनै सुत्र फेला पार्न सकेको छैन। निर्मला पन्तका आफन्त र नागरिक समाजबाट सरकार र प्रहरीमाथिको दबाब अझै जारी नै छ।

उता, निर्मला हत्या काण्डसँग सुरुबाटै जोडिएर चर्चामा आएका बम दिदीबहिनी रोशनी वम र वविता वमसमेत आफूमाति समाजिक अन्याय भएको भन्दै न्यायको लागि काठमाडौं आएका छन्।

उनीहरू कञ्चनपुरको महेन्द्रनगरमा बस्न असुरक्षित महसुस गरेका छन्। 'महेन्द्रनगरको त के कुरा? अस्ति काठमाडौंको नारायणहिटी दरबारतिर हिँड्दासमेत चिनेर 'यिनीहरू बम दिदीबहिनी हुन' भनेर चर्चा हुँदै थियो, 'वविता बम थप्छिन्, 'हामीमाथि सामाजिक अन्याय भयो, जस्तो निर्मलाको हत्यारा हामी नौ हौँ भनेजस्तै, यस्तो किन हुदैछ?'

आफ्नो सामाजिक रूपमै चरत्रहत्या गर्नेमाथि कारबाही हुनु पर्ने वविताको माग छ। निर्मला हत्यापछि बबिता र रोशनी दुबैको पढाइसमेत छुटेको छ।

साउन १० गते रोशनी बम भेटन् गएकी निर्मला त्यही दिन बेपत्ता भएकी थिइन्। साँझसम्म छोरी घरमा नआएपछि निर्मलाकी आमा दुर्गादेवी रोशनीको घरमा पुगेकी थिइन्।

‘निर्माला घर नपुगे पछि निर्मलाकी आमा दुर्गादेवी आफ्नो घरमा पुगेर राम्रोसँग नबोली निर्मला कता हालिस्? केही भयो भने तिमीले जिम्मा लिनु पर्छ भनेर जानु भयो। मैले २ बजेतिर नै आफ्नो घरबाट फर्किएको जबाफ दिएको थिए,' रोशनीले भनिन्।

निर्मलाको आमाको व्यवहार चित्त नबुझेर 'रिसको झोकमा तिम्री छोरी पोइल गएकी होलिन भनेकी हुँ। त्यही शब्द बोल्नु मेरो गल्ती भयो। त्यो शब्द बोलेकोमा मलाई पश्चाताप छ, तर निर्मलाको त्यसरी बलात्कारपछि हत्या भएको कल्पनासम्म गरेको थिइन्,' बबिताले भनिन्।

बम दिदीबहिनीलाई प्रहरीले अनुसन्धानका लागि पक्राउसमेत गरेको थियो। पछि उनीहरूको संलग्नता पुष्ट नभएपछि उनीहरू रिहा भएका थिए। निर्मलाको हत्यारा पत्ता लागोस् सत्यतथ्य बाहिर आवस् तर सामाजिक रूपमै हाम्रो चरित्र हत्या गर्नेहरूलाई के कारबाही हुन्छ? बम दिदीबहिनीको प्रश्न छ, 'हाम्रो गुमेको सामाजिक प्रतिष्ठा र इज्जत कसले फिर्ता गर्छ?’

कञ्चनपुरकी १३ बर्यीया पन्तको साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो। दर्जन प्रहरीमाथि विभागीय कारवाही र तत्कालीन कंचनपुर प्रमुख प्रहरी उपरीक्षक दिल्ली बिष्ट र वडा प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक जगदिस भट्टलाई सेवाबाट समेत बर्खास्त गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.