|

काठमाडौं : पोखराको विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने तीन जना पृथ्वीचोकबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१० घलेचोक बस्ने राप्ती नगरपालिका-११ चितवनका १९ वर्षीय सुनिल श्रेष्ठ, पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने जैमिने नगरपालिका-९ वाग्लुङका खुमप्रसाद थापा, महानगरपालिका-९ पृथ्वीचोक बस्ने २३ वर्षीय गगन खवास रहेका छन्।

उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरीको टोलीले आइतबार पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले नेपाली रूपैयाँ २० हजार ६ सय १०, भारतीय रूपैयाँ ३० हजार कतारी रियाल एक सय ५० र घरफोडेर चोरी गर्ने औजारहरूसमेत बरामद गरेको छ। पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंले मूर्ति चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोल्पाका डोल्पो बुद्ध गाउँपालिका-३ का दावा थापा रहेका छन्। डोल्पा जिल्ला अदालतको २०७५ असार १ गते आदेशले मूर्ति चोरी गरेको अभियोगमा थापालाई तीन वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना फैसला गरेको थियो। उनीमाथि डोल्पो गुम्बाको मूर्ति चोरेको अभियोग थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.