|
File Photo

बैतडी : बैतडीको पुर्चौर्डी नगरपालिकामा गरिएको छड्के अनुगमनका क्रममा १९ जना कर्मचारी अनुपस्थित भेट्टिएका छन्। इलाका प्रसासन कार्यालय पुर्चौडीका प्रमुख जयबहादुर कुँवरको नेतृत्वमा गएको अनुगमन टोलीले आइतवार नगरपालिकामा अनुगमन गरेको हो ।

कार्यालयमा नहुने कर्मचारी अधिकृतदेखि कार्यालय सहयोगीसम्मका रहेका  इलाका प्रसासन कार्यालय, पुर्चौडीका प्रमुख कुवँरले बताए। यसका साथै कार्यालयमा उपस्थित भएका कर्मचारीले पनि हाजिरी नलगाउने गरेको भेट्टिएको छ। 

कार्यालयमा अनुपस्थित कर्मचारीलाई निजामती सेवा ऐन तथा नियमावली अनुसार कार्बाही हुने इलाका प्रसासन कार्यालय पुर्चौडीले जनाएको छ। अनुपस्थित कर्मचारीलाई सोमबार स्पष्टिकरण सोधिने र चित्त बुझ्दो जवाफ नआएमा सम्बन्धित निकायलाई कार्बाहीको लागि सिफारिस गरिने प्रमुख कुवँरको भनाई छ। कर्मचारीबाट सेवा पाउन नसकेको नागरिकको ब्यापक गुनासोपछि इलाका प्रशासन कायालयले छड्के अनुगमन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.